Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

अमेरिकी सहकार्यमा सफ्टवेरिका कलेजमा ‘‘रोबोट्रोनिक्स समिट २०२६’ सम्पन्न

अमेरिकी सहकार्यमा सफ्टवेरिका कलेजमा ‘‘रोबोट्रोनिक्स समिट २०२६’ सम्पन्न

  • काठमाडौं । ‘रोबोट्रोनिक्स र अटोमेसन क्षेत्रमा नेपालको सम्भावनालाई विश्वस्तरमा जोड्ने उद्देश्यका साथ ‘रोबोट्रोनिक्स समिट २०२६’ सम्पन्न भएको छ ।

    onlinepatrika
    Arghakhachi

    सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्स, रोबर्टिका इन्स्टिच्युट तथा अमेरिकाको क्यालिफोर्नियास्थित इन्टरनेशनल रोबोर्टिक कलेजसंगको सहकार्यमा मैतिदेविस्थित सफ्टवेरिका परिषरमा आयोजित उक्त समिटमा आईटी सम्वन्धी विभिन्न प्रर्दशनीका साथै अन्तरक्रिया आयोजना गरिएको थियो ।

    AGNI GROUP

    समिटमा २०० भन्दा बढी विद्यार्थी, आईटी व्यवसायी, प्राध्यापक तथा उद्योग क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमले नेपाल विश्वव्यापी रोबोटिक्स प्रतिस्पर्धामा अघि बढ्न तयार रहेको स्पष्ट सन्देश दिएको सफ्टएड गु्रपका अध्यक्ष विज्ञान श्रेष्ठले बताए ।

    प्रविधिको तीव्र परिवर्तनसँगै शिक्षा प्रणाली पनि अद्यावधिक हुनुपर्नेमा अध्यक्ष श्रेष्ठले जोड दिनुभयो । उहाँका अनुसार डिजिटल रूपान्तरण र नवप्रवर्तनमै नेपालको आगामी आर्थिक सम्भावना पनि आईटी क्षेत्रमा निर्भर रहनेछ ।

    नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले “सिक्दै कमाउने” अवधारणालाई प्राथमिकता दिनुपर्ने बताउँदै व्यवहारिक तथा उद्योग–उन्मुख आईटी शिक्षाको आवश्यकतामा जोड दिनुभयो । कृषि आधुनिकीकरण, पूर्वाधार विकास तथा आर्थिक वृद्धिमा रोबोटिक्सको भूमिका निर्णायक हुने उहाँको भनाइ थियो ।

    कम्प्युटर एशोसिएसन अफ नेपाल क्यानका वरिष्ठ उपाध्यक्ष चिरञ्जीबी अधिकारीले नेपालको प्रविधि क्षेत्रलाई बलियो बनाउन क्यान प्रतिबद्ध रहेको जानकारी दिनुभयो । स्टार्टअप र आईटी कम्पनी स्थापना गर्न इच्छुक युवाहरूलाई आवश्यक मार्गदर्शन र सहयोग उपलब्ध गराइने उहाँले प्रतिवद्धता जनाए ।

    इन्टरनेशनल रोबर्टिक्स इन्कका अध्यक्ष युधिष्ठिर गौलीले जर्मनी र अमेरिकामा रोबोटिक्स क्षेत्रमा हासिल गरेको अनुभव साझा गर्दै आधुनिक पाठ्यक्रमले शिक्षा र उद्योगबीचको दूरी घटाउने बताउनुभयो । उत्कृष्ट तथा परिश्रमी विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय प्लेसमेन्ट र अवसरहरू उपलब्ध गराउने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।

    समिटले रोबोटिक्स र अटोमेसन केवल प्रविधिगत क्षेत्र नभई आर्थिक रूपान्तरणको रणनीतिक आधार बन्न सक्ने संकेत दिएको छ । स्मार्ट कृषि, स्वास्थ्य सेवा, उत्पादन, पूर्वाधार र एआई–आधारित सेवाहरूमा रोबोटिक्सको प्रयोग तीव्र रूपमा बढ्दो क्रममा रहेको सहभागीले बताएका छन । ‘रोबोट्रोनिक्स समिट २०२६’ नेपालका लागि कोसेढुंगा सावित भएको छ । यसले नयाँ पुस्तामा महत्वाकांक्षा र आत्मविश्वास जगाउँदै, नेपाललाई विश्व रोबोटिक्स मूल्य शृंखलामा समावेश गर्ने दिशामा महत्वपूर्ण कदम चालेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij