Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

आगामी टी– २० विश्वकपका लागि १२ टोली छनोट

आगामी टी– २० विश्वकपका लागि १२ टोली छनोट

  • काठमाडौं । सन् २०२८ मा अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त आयोजना गर्ने आईसीसी पुरुष ट्वान्टी– २० विश्वकपका लागि १२ टोली छनोट भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सहभागी रहने टोलीको टुंगो लगाएको हो । अस्ट्रेलिया र न्युजिल्यान्ड आयोजकका रूपमा छनोट भएका छन् ।

    AGNI GROUP

    यसैगरी, अहिले भइरहेको ट्वान्टी– २० विश्वकपको सुपर– ८ मा स्थान बनाएका भारत, श्रीलंका, दक्षिण अफ्रिका, जिम्बाब्वे, पाकिस्तान, इंग्ल्यान्ड, वेस्ट इन्डिजले पनि सिधै आगामा विश्वकप खेल्ने छन् ।

    यस्तै, ट्वान्टी– २० अन्तर्राष्ट्रियको पछिल्लो वरियताका आधारमा अफगानिस्तान, बंगलादेश र आयरल्यान्डले पनि विश्वकपमा सहभागिता जनाउने छन् ।

    अब क्षेत्रीय छनोटबाट बाँकी ८ टोलीले विश्वकपको यात्रा तय गर्नेछन् । अमेरिकाबाट १, युरोप र अफ्रिकाबाट २–२ र एसिया तथा पूर्वी एसियाबाट ३ टोलीले विश्वकपमा स्थान बनाउने छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij