Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

अपराजित वेस्ट इन्डिज र इटालीको भिडन्त आज

अपराजित वेस्ट इन्डिज र इटालीको भिडन्त आज

  • काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को अन्तिम खेलमा आज दुई विपरीत अवस्थाका टोलीहरू आमने-सामने हुँदैछन् ।

    onlinepatrika
    Arghakhachi

    कोलकाताको ऐतिहासिक मैदान इडेन गार्डेन्समा नेपाली समय अनुसार बिहान ११:१५ बजेदेखि वेस्ट इन्डिज र इटालीबीचको प्रतिस्पर्धा सुरु हुनेछ । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा यी दुई टोली पहिलो पटक एकअर्काविरुद्ध मैदान उत्रन लागेका हुन् ।

    AGNI GROUP

    जारी विश्वकपमा अहिलेसम्म पराजित नभएको वेस्ट इन्डिज ३ खेलमा ३ जित निकाल्दै समूहको शीर्ष स्थानमा छ । सुपर-८ मा प्रवेश गर्नुअघि टोली आफ्नो ुविनिङ मोमेन्टमु कायम राख्न चाहन्छ ।

    आफ्नो पहिलो विश्वकप यात्रा गरिरहेको इटालीले ३ मध्ये मात्र १ खेल जितेको छ । टोली एक बलियो टिमलाई हराएर प्रतियोगिताको सुखद अन्त्य गर्ने दाउमा छ ।

    यस्तो छ दुवै टोलीको सम्भावित प्लेइङ-११-

    वेस्ट इन्डिज: ब्रान्डन किंगरजोनसन चार्ल्स, शाई होप (कप्तान तथा विकेटकिपर), शिमरोन हेटमायर, रोस्टन चेज, शेरफेन रदरफोर्ड, रोभम्यान पावेल, जेसन होल्डर, म्याथ्यु फोर्ड, अकिल हुसैन, गुडाकेश मोटी, जेडेन सिल्सरशमार जोसेफ ।

    इटाली:  वेन म्याडसेन (कप्तान), मार्कस क्याम्पोपियानो, जियान पिएरो मिडे, जैन अली, अली हसन, क्रिस्चन जर्ज, ह्यारी मनेन्टी, एन्थोनी मोस्का, जस्टिन मोस्का, बेन मनेन्टी ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij