Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

गगनले अघि सारे ‘टीम नेपाल’को अवधारणा

गगनले अघि सारे ‘टीम नेपाल’को अवधारणा

  • काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले ‘टीम नेपाल’को अवधारणा अघि सारेका छन् । पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै देशलाई सम्हालेर अघि बढाउनको लागि ‘टीम नेपाल’ बनाएर जानुपर्ने बताए ।

    onlinepatrika
    Arghakhachi

    टीम नेपालभित्र ७ वटा प्रदेश, ७५३ वटा स्थानीय तह, संसदमा रहेका सबै राजनीतिक दलहरू, निजी क्षेत्र र आम नागरिक समेटिनुपर्ने बताए ।

    AGNI GROUP

    उनले भने, ‘सबैको साझा प्रयास र अपनत्वले मात्र सरकार र व्यवस्थाले डेलिभरी दिनसक्छ । राजनीतिक दलहरूका बिचमा विमतिहरू छन्, हामी प्रतिस्पर्धा गर्छौँ । देश बनाउनको लागि एमाले, माओवादी, रास्वपा, जसपासहित सबै चाहिन्छ । सबैलाई मिलाएर लैजान कांग्रेसले मात्रै सक्छ ।’

    उनले देशको लोकतान्त्रिक स्पेस हाइज्याक भएको बताए । उनले भने, ‘हेर्दा सामान्य कुरा लाग्यो गठबन्धनको राजनीति तर गठबन्धनको राजनीतिले तपाईँको चयन गर्न पाउने कुरालाई हाइज्याक गरिदिएको थियो । एकातिर हामीसँग डेमोक्रेसी छ, डेमोक्रेसीको महत्त्वपूर्ण कुरा भनेको चयन गर्न पाउने अधिकारको कुरा हो, तर राजनीतिक दलहरूले हाइज्याक गरिदिएका थिए । तर अहिले कांग्रेसले जितहार सबै छोडिदेऊ भनेर गठबन्धनको राजनीतिले प्रदूषित भएकोलाई सफा गर्ने प्रक्रियाको प्रारम्भ हो ।’

    उनले रावजीतिक बहस एजेन्डामा केन्द्रित नभएको बताए । उनले थपे, ‘हामीसँग संविधान बनेको छ, संविधानले दिएका हक अधिकारहरू छन्, सुशासनको विषय छ, डेभलपमेन्टका विषयहरू छन् । कसरी गर्ने, के गर्ने, यी एजेन्डाहरूको बारेमा छलफल गर्नुपर्ने कुराको सन्दर्भमा त्यो सारा सबै माहोल भत्किएको छ, भत्काइएको छ । त्यो स्पेस नै छैन ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij