Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । टी–२० विश्वकप अन्तर्गत समूह ‘डी’का दक्षिण अफ्रिका र यूएईले समूह चरणमा आफ्नो अन्तिम खेल खेल्दैछन् ।
दिल्लीस्थित अरुण जेटली मैदानमा जारी खेलमा यूएईले १२३ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङमा उत्रिएको यूएईले २० ओभरमा ६ विकेट गुमाएर १२२ रन जोड्यो ।
अलिशान शराफुले सर्वाधिक ४५ रन बनाउँदा मुहम्मद वसिमले २२ तथा आर्यान्स शर्माले १३ रन जोडे । मुहम्मद अरफानले ११ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङतर्फ अफ्रिकाका कोर्विन बोस्चले तीन तथा एन्रिख नोर्ख्याले दुई विकेट लिँदा जर्ज लिन्डेले एक विकेट लिए ।
यस समूहबाट अफ्रिका र नूजिल्यान्डले सुपर आठमा स्थान बनाइसकेका छन् भने यूएई, अफगानिस्तान र क्यानडा बाहिरिएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij