Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्षको प्रथम सात महिनामा २२ करोड ४५ लाख ४९ हजार ४८५ राजस्व सङ्कलन गरेको छ । अघिल्लो आवको सोही अवधिमारु २२ करोड ४३ लाख ८४ हजार ८८८ सङ्कलन भएको उपमहानगरपालिकाका राजस्व शाखाका प्रमुख मनोज सुवेदीले बताए ।
चालु आवको सात महिनामा सम्पत्ति करबाट उमहानगरले ५ करोड ५४ लाख ९३ हजार १३८, घरबहाल करबाट ३ करोड ४४ लाख ७० हजार ७०६, नक्सापास दस्तुरबाट १ करोड २१ लाख २७ हजार २७, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट २ करोड ४४ लाख ४९ हजार २४० राजस्व सङ्कलन गरेको हो ।
यस्तै, सिफारिस दस्तुरबाट १ करोड ७० लाख ३९ हजार १००, बहाल बिटोरी करबाट १ करोड ७२ लाख ४४ हजार १४९, व्यवसाय करबाट १ करोड ७१ लाख दुई हजार ६१६, अन्य बिक्रीबाट प्राप्त ३ करोड दुई लाख २३ हजार असुली भएको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij