Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

टी-२० विश्वकपमा आज तीन खेल हुदै

टी-२० विश्वकपमा आज तीन खेल हुदै

  • काठमाडौँ ।  जारी टी-२० विश्वकपमा आज तीन खेल हुदैछन् । आज समुह डी अन्तर्गत दक्षिण अफ्रिका र युएईबीच खेल हुदैछ । भारतको दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि शुरु हुदैछ । 

    onlinepatrika
    Arghakhachi

    जारी विश्वकपमा समुह डी बाट दक्षिण अफ्रीका र न्यूजील्याण्ड सुपर आठमा पुगिसकेका छन् भने युएई बाहिरिइसकेको छ । दक्षिण अफ्रिकाले आफ्ना तिनै खेल जितेको छ भने युएईले ३ मा एक जित र २ हार बेहोरेको छ । 

    AGNI GROUP

    त्यस्तै आज दोस्रो खेल समुह ए अन्तर्गतको नामिबिया र पाकिस्तानबीच दिउसो ३: १५ बजेदेखि हुदैछ । पाकिस्तानका लागि सुपर आठमा पुग्न यो खेल जित्नैपर्ने अवस्था रहेको छ भने नामिबियाले यसअघिका तिनै खेलमा हार बेहोरेर बाहिरिएको छ । 

    त्यसैगरी आज तेस्रो खेल समुह ए कै भारत र नेदरल्याण्डसबीच साँझ ७: १५ बजेदेखि शुरु हुदैछ । समुह ए बाट यस अघिका तिन खेल जितेर भारत सुपर आठमा पुगिसकेको छ भने नेदरल्याण्डस ३ खेलमा एक जित र २ हार बेहोरेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij