Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख डीएसपी मदन केसी माघ महिनामा कोशी प्रदेशभरबाट सर्वोत्कृष्ट प्रहरीका रूपमा पुरस्कृत भएका छन् ।
१५ वर्षअघिको हत्या काण्डका फरार प्रतिवादी र पछिल्लो समयको श्रृंखलाबद्ध हत्यामा संलग्न पक्राउसँगै अनुसन्धानमा उल्लेख्य सफलता हासिल गरेकोमा उनलाई सम्मान गरिएको हो ।
केसी नेतृत्वको ओखलढुंगा प्रहरीले चिशंखुगढी गाउँपालिका-६, भदौरेमा वृद्ध दम्पतीको हत्या र लुटपाटपछि फरार दुईजनालाई काठमाडौंबाट लुटिएको सामानसहित माघ २३ गते पक्राउ गरेको थियो ।
त्यस्तै २०६७ असार २४ गते साविक भदौरे गाविस-२ का ४३ वर्षीय छविलाल कार्कीको हत्या गरी फरार प्रतिवादीलाई १५ वर्षपछि कानुनी कठघरामा उभ्याएका थिए ।
यसैगरी केसी नेतृत्वको टोलीले गत मंसिर २८ गते ओखलढुंगा खिजिदेम्वा गाउँपालिका-९ मा एक महिलामाथि जबरजस्ती करणी गरी फरार रहेका २७ वर्षीय प्रतिवादीलाई माघ ४ गते पक्राउ गरिएको थियो ।
कोशी प्रदेश प्रहरी कार्यालयले डीएसपी केसीले पदीय दायित्व र जिम्मेवारी उत्कृष्टरूपमा वहन गरी जनमानसमा शान्ति सुरक्षाको अनुभूति दिलाउन सफल भएकोले उच्च मूल्यांकन गरिएको गरेको जनाएको छ ।
चुनौतीपूर्ण घटनाको सफल अनुसन्धान र फरार अपराधीहरूको पक्राउले प्रहरीको छवि उच्च बनाएको ठहर गर्दै उनलाई ‘बेष्ट पुलिस अफ द मन्थ’ को उपाधि प्रदान गरिएको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij