Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ ।
अघिल्लो कारोबार दिन अर्थात सोमबार ८.१६ अंक घटेर २६६२.९१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.६६ अंक बढेर २६६३.५७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१४ अंक बढेको छ ।
मंगलबार प्रि ओपन सेसनमा ५६ स्टकको ९७ पटकको कारोबारमा ३६ लाख २५ हजार १६३ रुपैयाँबराबरको ६ हजार ९५४ कित्ता शेयर खरिदबिक्री भएको छ ।
जसमध्ये २६ स्टकको मूल्य बढेको छ भने २४ स्टकको मूल्य घटेको छ । बाँकी ६ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij