Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

टी–२० विश्वकपः शोहेबको अर्धशतकमा यूएईले अफगानिस्तानलाई दियो १६१ रनको लक्ष्य

टी–२० विश्वकपः शोहेबको अर्धशतकमा यूएईले अफगानिस्तानलाई दियो १६१ रनको लक्ष्य

  • काठमाडौं । टी–२० विश्वकप अन्तर्गत आजको पहिलो खेलमा यूएई र अफगानिस्तानबीच प्रतिस्पर्धा जारी छ ।

    onlinepatrika
    Arghakhachi

    दिल्लीस्थित अरुण जेटली मैदानमा जारी खेलमा यूएईले अफगानिस्तानलाई १६१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङमा उत्रिएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १६० रन जोड्यो ।

    AGNI GROUP

    उसका लागि शोहेब खानले अर्धशतकीय पारी खेले । ४८ बल खेलेका उनले ६ चौका र ४ छक्काको मद्धतले ६८ रन जोडे । यस्तै, अलिशान शराफुले ४०, हैदर अली र सय्यद हैदरले १३–१३ रन जोडे ।

    बलिङतर्फ अफगानिस्तानका अजमतुल्लाह ओमारजाइले चार, मुजीब उर रहमानले दुई तथा राशिद खानले एक विकेट लिए ।

    यसअघिका दुई खेलमा पराजित हुँदै अंकविहिन रहेको अफगानिस्तानलाई यो खेल जित्नैपर्ने दबाब छ । यूएईले एक खेल जित्दै २ अंक जोडेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij