Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जनता समाजवादी पार्टीको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

जनता समाजवादी पार्टीको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

  • ललितपुर । जनता समाजवादी पार्टीले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आइतबार ग्वार्कोस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा ३२ पृष्ठको प्रतिबद्धतापत्र सार्वजनिक गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    कार्यक्रममा पार्टी अध्यक्ष अशोक कुमार राईले प्रतिबद्धतापत्र केवल चुनावी घोषणामात्र नभई पार्टीको राजनीतिक विचार, दृष्टिकोण र कार्यदिशा समेटिएको दस्तावेज भएको बताए । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली राजनीतिक स्थायित्व र प्रत्यक्ष लोकतन्त्रका लागि आवश्यक रहेको धारणा राखे ।

    AGNI GROUP

    पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा घोषणापत्र लेखन समितिका संयोजक मनिकर कार्कीले समाजवादी चरित्रको राजनीतिक लक्ष्यसहित विकास, समृद्धि र प्रगतिका कार्यक्रम प्रतिबद्धतापत्रमा समावेश गरिएको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij