Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

तेस्रो पटक टी-२० विश्वकप खेल्दै सोमपाल कामीले बनाए किर्तिमान

तेस्रो पटक टी-२० विश्वकप खेल्दै सोमपाल कामीले बनाए किर्तिमान

  • काठमाडौँ । आइसिसी टी-२० विश्वकप २०२६ मा खेल्ने क्रममा नेपाली राष्ट्रिय टोलीका बलिङ अलराउन्डर सोमपाल कामीले नयाँ किर्तिमान बनाएका छन् । वेस्ट इन्डिजविरुद्धको खेलमा अन्तिम एघारमा परेसँगै उनी नेपालका लागि तीन पटक विश्वकप खेल्ने पहिलो खेलाडी बनेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    ३० वर्षीय सोमपालले यसअघि पनि दुई संस्करणमा विश्वकप खेलिसकेका छन् । २०१४ मा विश्वकप खेल्दा टोलीका सबैभन्दा कान्छा सदस्य रहेका सोमपाल अहिले टोलीका सबैभन्दा अनुभवी खेलाडीका रूपमा मैदान उत्रिएका छन् । आज वेस्ट इण्डिजविरुद्धको महत्वपूर्ण खेलमा नयाँ बल लिएर बलिङ गर्ने जिम्मेवारीसमेत उनैको काँधमा रहनेछ ।

    AGNI GROUP

    गुल्मीमा जन्मेका सोमपाल बाल्यकालमा भारतको पञ्जाबमा हुर्किए पनि सन् २०१३ मा नेपाल फर्किएपछि निरन्तर राष्ट्रिय टोलीबाट खेल्दै आएका छन् । अहिले नेपालका भरपर्दा तीव्र गतिका बलर तथा तल्लो क्रमका महत्वपूर्ण ब्याट्सम्यानका रूपमा सोमपाल  स्थापित रहेका छन् ।

    यस विश्वकपमा तेस्रो सहभागितासँगै सोमपाल नेपाली क्रिकेट इतिहासका विशेष खेलाडीको सूचीमा पुगेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij