Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

यस्तो छ नेपाल र वेस्ट इण्डिजको प्लेइङ ११

यस्तो छ नेपाल र वेस्ट इण्डिजको प्लेइङ ११

  • काठमाडौँ । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपाल र वेस्ट इण्डिज आमने सामने हुदैछन् । 

    onlinepatrika
    Arghakhachi

    समुह सी अन्तर्गतको भारतको वानखेडे स्टेडियममा हुने यस खेलमा वेस्ट इन्डिजले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ ।

    AGNI GROUP

    यो सँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ । नेपालले यसअघिका आफ्ना दुवै खेल जितेकाले यो खेलमा जित महत्वपूर्ण रहेको छ । त्यस्तै वेस्ट इण्डिजले यसअघिका आफ्ना दुवै खेल जितेर विश्वकपमा शानदार शुरुवात गरेको छ ।

    नेपालले सन् २०१४ को टी-२० विश्वकपमा हङकङ र अफगानिस्तानलाई पराजित गर्दै दुई जित निकालेको थियो । त्यसयता विश्वकपमा नेपालले जित हासिल गर्न सकेको छैन र नेपाले यस विश्वकपमा पहिलो जितको खोजीमा रहेको छ । 

    गत फेब्रुअरी ८ मा इङल्याण्डविरुद्ध शानदार प्रदर्शन गरेको नेपालले इटालीविरुद्ध खराब प्रदर्शन गरेपछि दबाबमा रहेको छ । 

    नेपालको प्लेइङ- ११ मा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, आरिफ सेख, लोकेश बम, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, नन्दन यादव र करण केसी ।

    वेस्ट इण्डिजको प्लेइङ ११ मा शाइ होप (कप्तान), ब्राण्डन किङ, शिमरोन हिटमायर, रोस्टन चेज, शेरफान रुथरफोर्ड, रोभमन पावेल, जासन होल्डर, माथ्यु फोर्ड, अकील हुसैन, गुडाकेश मोती र शामर जोसेप ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij