Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेपाल टेलिकमको दोस्रो त्रैमासिक विवरण सार्वजनिक

नेपाल टेलिकमको दोस्रो त्रैमासिक विवरण सार्वजनिक

  • काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको सञ्चालन आय वृद्धि भए पनि खुद मुनाफा भने घटेको देखिएको छ ।

    onlinepatrika
    Arghakhachi

    चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म कम्पनीको कुल सञ्चालन आय १७ अर्ब २९ करोड ९७ लाख ३० हजार रूपैयाँ पुगेको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको १६ अर्ब ४९ करोड २५ लाख रुपैयाँको तुलनामा २९ करोड ४८ लाख ५ हजार रुपैयाँले वृद्धि भएको हो ।

    AGNI GROUP

    यस्तै कुल आय भने १९ अर्ब २२ करोड ७२ लाख ६६ हजार रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिको १९ अर्ब ५१ करोड ९२ लाख ६६ हजार रुपैयाँको तुलनामा २९ करोड २० लाख रुपैयाँले कमी आएको हो ।

    दोस्रो त्रैमासिकसम्म कम्पनीको कर तथा अन्य शुल्क कट्टाअघि ९ अर्ब ७७ करोड ७० लाख ६२ हजार रुपैयाँ रहेको छ । यो गत वर्षको सोही अवधिको १० अर्ब ३ करोड ७५ लाख ८९ हजार रुपैयाँको तुलनामा २६ करोड ५ लाख २६ हजार रुपैयाँले घटेको हो ।

    करअघिको मुनाफा ५ अर्ब ९१ करोड ४३ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको ६ अर्ब १९ करोड ९० लाख ३८ हजार रुपैयाँको तुलनामा २८ करोड ४७ लाख ३८ हजार रुपैयाँले कमी हो ।

    त्यस्तै खुद मुनाफा ४ अर्ब १६ करोड ४५ लाख ९ हजार रुपैयाँ रहेको छ । यो गत वर्षको ४ अर्ब ७८ करोड ५९ लाख २५ हजार रुपैयाँको तुलनामा ६२ करोड १४ लाख १५ हजार रुपैयाँले घटेको छ ।

    कम्पनीको प्रतिसेयर आम्दानी ४६ रुपैयाँ २७ पैसा रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij