Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । टी–२० विश्वकप अन्तर्गत समूह ‘डी’का क्यानडा र संयुक्त अरब इमिरेट्स (यूएई)बीचको खेल जारी छ ।
दिल्लीस्थित अरुण जेटली स्टेडियममा भइरहेको खेलमा यूएईले क्यानडालाई १५१ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ थालेको यूएईले २० ओभरमा ७ विकेटको क्षतिमा १५० रन बनायो ।
उसका लागि हर्ष ठाकेरले अर्धशतकीय पारी खेले । ४१ बल खेलेका उनले ३ छक्का र २ चौका प्रहार गर्दै ५० रन बनाए । यस्तै, नवनीत धालिवालले ३४, श्रेयस मोव्वाले २१ तथा दिलप्रीत बजवाले ११ रन जोडे ।
बलिङतर्फ यूएईका जुनैद सिद्धिकी एक्लैले चार ओभरमा ३५ रन खर्चेर पाँच विकेट लिए । मुहम्मद जवादुल्लाहले एक सफलता हात पारे ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij