Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । थाइल्याण्डमा सुरु भएको 'डीपी वर्ल्ड महिला एसिया कप राइजिङ स्टार्स २०२६' को उद्घाटन खेलमा नेपालले जितका लागि १ सय ३८ रनको चुनौती पाएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तान 'ए' ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३७ रन बनाएको हो ।
पाकिस्तानका लागि कप्तान हाफ्सा खालिदले कप्तानी इनिङ खेल्दै सर्वाधिक ४० रन जोडिन् । उनले ३९ बलको सामना गर्दै २ चौका र १ छक्का प्रहार गरिन् । त्यस्तै, वाहिदा अख्तरले १५ बलमा २३ रन जोडिन् । उनले ५ चौका प्रहार गरिन् । हुरैना सज्जादले १७ रन तथा सावाल जुल्फिकरले १० रनको योगदान दिइन् ।
नेपाली बलरहरूले खेलको सुरुवातमै पाकिस्तानलाई दबाबमा राख्ने प्रयास गरेका थिए । बलिङतर्फ कविता कुँवर सबैभन्दा सफल रहिन्, उनले २ ओभरमा मात्र १० रन खर्चेर २ महत्वपूर्ण विकेट लिइन् ।
मनिषा उपाध्याय, रिया शर्मा, सीता राना मगर र रुविना क्षेत्रीले समान १-१ विकेट हात पारे ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij