Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । भारत सरकारले निर्वाचनका लागि नेपाल सरकारलाई आवश्यक सवारीसाधन हस्तान्तरण गरेको छ ।
बिहीबार गृहमन्त्रालयमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृहमन्त्री ओमप्रकाश अर्याललाई भारत सरकारले उपहारस्वरुप प्रदान गरेको सवारीसाधन हस्तान्तरण गरेका हुन् ।
भारतले पहिलो लटमा ६१ वटा, दोश्रो लटमा २५४ वटा सवारी हस्तान्तरण गरेको थियो भने बिहीबार तेश्रो लटमा २२३ वटा सवारी साधन प्राप्त भएको गृहमन्त्रालयमा प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।
त्यस्तै नेपाली सेनाका लागि ५० वटा गाडी समेत हस्तान्तरण भएको उहाले बताए । भारत सरकारले नेपाल सरकारलाई अनुदान स्वरुप उपलव्ध गराउने प्रहरीका सामाग्रीहरु पनि आउने क्रममा रहेको प्रवक्ता काफ्लेले जानकारी दिए ।
भारत सरकारबाट प्राप्त भएका गाडीहरु सुरक्षा निकायका साथै निर्वाचनसंग सम्बन्धी प्रयोजनका लागि प्रयोग हुने गृह मन्त्रालयले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij