Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

रामकुमारी झाँक्रीलाई गाली नगर्न महावीर पुनको आग्रह

रामकुमारी झाँक्रीलाई गाली नगर्न महावीर पुनको आग्रह

  • काठमाडौँ । पूर्व शिक्षामन्त्री महावीर पुनले नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीलाई गाली नगर्न आग्रह गरेका छन् । बिहीबार भिडियो सन्देश जारी गर्दै पुनले झाँक्रीले दिएको अभिव्यक्तिप्रति उनलाई गाली नगर्न आग्रह गरेका हुन् । 

    onlinepatrika
    Arghakhachi

    उनले भनेका छन्- 'रामकुमारी झाँक्री बहिनीलाई केही नभन्नु, तनाव होला, माफ गर्नु। जानिनन् त भनिन् । के बोल्नुपर्ने, कसरी बोल्नुपर्ने भन्ने नजानेपछि बोलिन् । त्यसैले उनलाई कसैले गाली नगर्नुहोला ।'

    AGNI GROUP

    केहि दिनअघि झाँक्रीले निर्वाचन गराउने सरकारकै मन्त्री चुनाव लड्न गएको भन्दै महावीर पुनप्रति टिप्पणी गर्दै 'बेबकुफ मन्त्री' भनेकी थिइन् । झाँक्रीको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा आलोचना र गालीगलोज भइरहेको छ ।

    पुनले झाँक्रीले गरेको टिप्पणीमाथि व्यंग्य गर्दै आफू ‘बेबकुफ’ नै भएको र झाँक्रीले सहि भनेको समेत उल्लेख अग्रेका छन् । उनले भनेका छन्- 'झाँक्रीले भनेको कुरा पनि ठीकै हो, म बेबकुफै हुँ क्या । बेबकुफ नभएको भए किन नेपाल आएर यसरी डुल्थेँ त ? यत्रो अमेरिका पढेको मान्छे, अहिलेसम्म जागिर गरेको छैन, केहि व्यवसाय गर्न जानेको छैन। गाउँगाउँ डुलेको छ स्थानीयलाई सघाउछु मात्र भन्छ, गाउँलेहरूले जे दिन्छन् त्यही खाने, जहाँ सुताउँछन् त्यही सुत्ने मान्छे बेबकुफ नभएर के हुन्छ? '

    पुन फागुन २१ गते हुने आम निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका छन् ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij