Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

टेलिकममा निमित्त प्रबन्ध निर्देशक नियुक्तिलाई लिएर कर्मचारी युनियनहरूको आपत्ति

टेलिकममा निमित्त प्रबन्ध निर्देशक नियुक्तिलाई लिएर कर्मचारी युनियनहरूको आपत्ति

  • काठमाडौं । नेपाल टेलिकमका दुई ठूला कर्मचारी संगठनहरूले निमित्त प्रबन्ध निर्देशक नियुक्तिको विषयलाई लिएर आपत्ति जनाएका छन् ।

    onlinepatrika
    Arghakhachi

    नेपाल दूरसंचार राष्ट्रिय कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठनले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै प्रचलित विनियमावली र विधिलाई मिचेर गरिएको नियुक्तिप्रति ध्यानाकर्षण भएको जनाएका हुन् ।

    AGNI GROUP

    कम्पनीकी निमित्त प्रबन्ध निर्देशक सविना मास्के प्रधान उमेर हदका कारण यही माघ २१ बाट अनिवार्य अवकाशमा गएपछि रिक्त सञ्चार मन्त्रालयले माघ २३ गते अर्को कर्मचारीलाई निमित्तको जिम्मेवारी तोकेको थियो ।

    कर्मचारी संगठनहरूले उक्त नियुक्ति नेपाल दूरसञ्चार कम्पनी लिमिटेड कर्मचारी सेवा शर्त विनियमावली विपरीत रहेको दाबी गरेका छन् ।

    कुनै कार्यालय प्रमुखको पद रिक्त रहेमा सोही कार्यालयको सबैभन्दा वरिष्ठ कर्मचारीले निमित्त भई काम गर्नुपर्ने स्पष्ट व्यवस्था हुँदाहुँदै वरिष्ठतम कर्मचारीलाई पन्छाएर अर्कैलाई जिम्मेवारी दिँदा कम्पनीमा गलत नजिर बस्ने र आन्तरिक व्यवस्थापनमा अराजकता निम्तने कर्मचारी संगठनहरूको निचोड छ ।

    निर्वाचन आचारसंहिता समेत लागू रहेको समयमा विगतको परम्परा र विनियमावली प्रतिकूल हुने गरी गरिएको निर्णयले कानुनी र नैतिक प्रश्न उठाएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका महासचिव गोविन्द ढुंगाना र नेपाल राष्ट्रिय कर्मचारी संगठनका सचिव वेदप्रसाद पौडेलले हस्ताक्षर गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij