Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेप्से सूचक झिनो अंकले घट्यो

नेप्से सूचक झिनो अंकले घट्यो

  • काठमाडौं । शेयरबजार परिसूचक नेप्सेमा बुधबार झिनो अंकले गिरावट आएको छ । अघिल्लो दिन १० अंकमाथिले सूचक घटेको बजारमा आज ०.०४ अंकले मात्र घट्दै २ हजार ६६२.०९ अंकमा अडिएको हो ।

    onlinepatrika
    Arghakhachi

    तथापि, आज ८ अर्ब ६९ करोड २२ लाख रूपैयाँ बराबरको २ करोड २२ लाख ८२ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ । अघिल्लो दिन १० अंकले सूचक घट्दा ८ अर्ब ५७ करोड १७ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

    AGNI GROUP

    आज फाइनान्स, होटल तथा पर्यटन, लाइफ इन्स्योरेन्स, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, म्युचुअल फन्ड, अन्य समूह र ट्रेडिङ समूहको उपसूचक आज घटेको छ भने बैंकिङ, डेभलपमेन्ट बैंक, हाइड्रोपावर, इन्भेष्टमेन्ट र नन् लाइफ इन्स्योरेन्स समूहको उपसूचक बढेका छन् ।

    आज ११३ कम्पनीको शेयर मूल्य बढ्दा १३३ कम्पनीको मूल्य घटेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij