Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

जिम्बाबेको टी–२० विश्वकपमा विजयी शुरुवात

जिम्बाबेको टी–२० विश्वकपमा विजयी शुरुवात

  • काठमाडौँ । जिम्बाबेले जारी टी–२० विश्वकपमा विजयी शुरुवात गरेको छ । सोमबार श्रीलंकाको कोलम्बोमा सम्पन्न खेलमा जिम्बाबेले ८ विकेटको जित हासिल गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    ओमानले दिएको १०४ रनको लक्ष्य पछाएको जिम्बाबेले १३.३ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । जिम्बाबेका लागि ब्रियन बेनेटले अविजित ४८ रन बनाएका थिए ।

    AGNI GROUP

    यसअघि समुह बी अन्तर्गतको यस खेलमा ओमानले टस हारेर पहिला ब्याटिंग गर्दै १९.५ ओभरमा १०३ रन बनाएर अल आउट भएको थियो ।

    ओमानका लागि विनायक शुक्ला, सुफयान मेहमूदले २५ र नदीम खानले २० रन बनाएका थिए । त्यस्तै जिम्बाबेका बलर रिचार्ड एन्गाराभा, ब्लेसिंग मुजाराबानी र ब्राड इभान्सले ३–३ विकेट लिएका थिए । त्यस्तै सिकन्दर राजाले एक विकेट लिएका थिए ।

    यो जितपछि अब जिम्बाबेले आगामी शुक्रबार अस्ट्रेलियासँग खेल्ने तालिका छ भने ओमानले अर्को खेल विहिबार श्रीलंकाविरुद्ध खेल्ने तालिका छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij