Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौँ । मुगुमा आगामी निर्वाचनलाई लक्षित गर्दै नमुना मतदान डेमो प्रर्दशन गरिएको छ । सदरमुकाम गमगढी बजारको देविदत्त गण (ख) सुरक्षा सेमुमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मतदातालाई मतदान प्रक्रिया, मतदान केन्द्रमा हुने व्यवस्थापन, भिड नियन्त्रण, अनैतिक गतिविधि तथा सम्भावित धाँधली रोकथाम र नियन्त्रणका उपायबारे जानकारी गराउने उद्देश्यले नमुना मतदान प्रर्दशन गरिएको हो ।
नेपाली सेना श्री हनुमान ध्वज गुल्म मुगुको आयोजनामा मुख्य गरिएको नमुना मतदान कार्यक्रममा मतदान केन्द्रमा अपनाइने सम्पूर्ण प्रक्रिया मतदाता प्रवेशदेखि मत खसाल्ने प्रक्रिया सम्म व्यवहारिक रूपमा प्रदर्शन गरिएको जनाईएको छ । निर्वाचनका क्रममा आउन सक्ने सुरक्षा चुनौती र त्यसको व्यवस्थापन बारे सुरक्षाकर्मीहरूले प्रत्यक्ष अभ्याससमेत गरेको श्री हनुमान ध्वज गुल्मका सेनानी खड्ग बहादुर श्रेष्ठले बताए ।
उनका अनुसार नमुना मतदान कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलले मतदान केन्द्रको सुरक्षा सतर्कता, शान्ति सुव्यवस्था अमनचयन कायम गर्ने उपाय र आकस्मिक अवस्थाको व्यवस्थापन सम्बन्धी डेमो प्रस्तुत गरेका थिए । यस्ता नमूना मतदान कार्यक्रमले निर्वाचनलाई सुरक्षित, विश्वसनीय र मर्यादित रूपमा सम्पन्न गर्न सुरक्षा निकायहरूबीचको समन्वय र तयारीलाई स्पष्ट पार्ने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीका अनुसार आगामी फागुन २१ गते हुने निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र धाधली रहित रूपमा सम्पन्न गर्नु सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, पत्रकार र नागरिक समाज सबैको साझा दायित्व भएको बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij