Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

अब बीमा सेवा डिजिटल, हुलाक टिकट टाँस्ने झन्झट हट्यो

अब बीमा सेवा डिजिटल, हुलाक टिकट टाँस्ने झन्झट हट्यो

  • काठमाडौँ । अब बीमा सेवा लिनका लागि कागजातमा हुलाक टिकट टाँस्नुपर्ने बाध्यता अन्त्य भएको छ। नेपाल बीमा प्राधिकरणले सबै बीमा कम्पनी, ब्रोकर र मध्यस्थकर्तालाई परिपत्र जारी गर्दै यो निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको हो।

    onlinepatrika
    Arghakhachi

    प्राधिकरणका अनुसार मन्त्रिपरिषद्ले गत मंसिर २९ गते गरेको निर्णयअनुसार कानुनले अनिवार्य गरेको बाहेक बीमा सेवा प्रक्रियामा हुलाक टिकट टाँस्ने अभ्यास हटाउने निर्णय गरिएको हो।

    AGNI GROUP

    बीमा प्राधिकरणले परिपत्रमार्फत सबै सम्बन्धित निकायलाई आवश्यक व्यवस्था मिलाउन आग्रह गर्दै सेवाग्राहीलाई थप सहज र पारदर्शी सेवा उपलब्ध गराउन निर्देशन दिएको छ। यससँगै बीमा सेवामा प्रक्रिया सरल, छरितो र डिजिटल बन्ने अपेक्षा गरिएको छ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij