Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । लुइस डियाजले ह्याट्रिक र हेरी केनले पेनाल्टी २ गोल गरेपछि बायर्न म्युनिखले १० खेलाडीमा सीमित होफेनहाइमलाई ५(१ फराकिलो अन्तरले पराजित गर्यो ।
बायर्नले बुन्डेसलिगाको शीर्ष स्थानमा ६ अंकको अग्रता पुनः बनाएको छ । २० औं मिनेटमा इंग्ल्यान्डका फरवार्ड केनले खेलको उत्कृष्ट सुरुआत गराउँदै डियाजले जितेको पहिलो पेनाल्टीलाई गोलमा परिणत गरे।
डियाजमाथि फाउल गरेपछि होफेनहाइमका डिफेन्डर केभिन आक्पोगुमा रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए । तालिकाको तेस्रो स्थानमा रहेको होफेनहाइमले आन्द्रेज क्रामारिचको गोलमार्फत ३५ औं मिनेटमा बराबरी गरे पनि त्यसपछि बायर्नले खेलमा पूर्ण नियन्त्रण जमायो।
केनले ४५औं मिनेटमा पेनाल्टीमार्फत अर्को गोल गरे। सबै प्रतियोगिता गरि केनको ३८औँ गोल पूरा गरे । पहिलो इन्जुरी समयमा केनले डियाजका लागि तेस्रो गोलको पास पनि उपलब्ध गराए।
लिभरपुल पूर्व खेलाडी डियाजले माइकल ओलिसेको पासलाई ६२ औं गोल गर्दै अन्तर बढाए । ८९ औं मिनेटमा डियाज अर्को गोल गर्दै ह्याट्रिक पूरा गरे।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij