Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

निर्वाचन आयोगमा पुगेर ओलीले भने- ‘दलको विवादमा नछिर्नोस्’

निर्वाचन आयोगमा पुगेर ओलीले भने- ‘दलको विवादमा नछिर्नोस्’

  • काठमाडौं : प्रधानमन्‍त्री केपी शर्मा ओलीले निर्वाचनको समयमा दलभित्रको विवादमा प्रवेश गर्न नहुने बताएका छन्। निर्वाचनको तयारी बुझ्न मंगलबार आयोग पुगेका ओलीले आयुक्तहरूसँग यस्तो बताएका हुन्। प्रधानमन्त्री ओलीले आफूले ६४ प्रतिशत मतको प्रतिनिधित्व गरेर प्रतिनिधिसभा विघटनको सिफारिस गरेको जिकिर आयोगमा गरे।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्री ओली नेकपा महासचिव विष्णु पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, कानुनमन्त्री लीला श्रेष्ठ, अधिवक्ता बाबुराम दाहाल, रमेश बडालसहित आयोग पुगेका थिए। यो खबर आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।

    AGNI GROUP

    छलफलका क्रममा २०७५ जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेकपा बनेको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले आयोगले जेठ २३ गते नै यससम्बन्धी सूचना जारी गरेको स्मरणसमेत गराएका थिए।

    ‘म एउटै दलको संसदीय दलको नेताका हैसियतले प्रधानमन्‍त्री भएको थिएँ। पुस ५ गते मेरो सिफारिसमा प्रतिनिधिसभा विघटन हुँदासम्म मेरो त्यो हैसियत कायमै थियो,’ ओलीले आयोगका पदाधिकारीसँग भने, ‘पहिलो अध्यक्ष हुँ। मेरो एकल हस्ताक्षर मान्य नहुने हुँदैन। केही मान्छे बाहिरिएको हो। अहिले आएर विवाद गर्न मिल्दैन।’

    प्रधानमन्त्री ओलीले मंगलबारको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयबारे आयोगलाई जानकारी गराएका थिए। ‘आयोगले निर्वाचनका सम्बन्धमा गरेको तयारीप्रति प्रधानमन्‍त्रीले सन्तुष्टि व्यक्त गर्नुभएको छ,’ छलफलमा संलग्न एक आयुक्तले अन्नपूर्णसँग भने। पहिलो चरणमा ४० र दोस्रो चरणमा ३७ वटा जिल्लामा निर्वाचन गराइने जनाउ प्रधानमन्त्रीले आयोगलाई गराए।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट