Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

होटल फरेस्ट इनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

होटल फरेस्ट इनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

  • काठमाडौं । होटल फरेस्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    onlinepatrika
    Arghakhachi

    माघ २२ गतेदेखि खुलेको होटल फरेस्ट इनको आइपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले प्रति इकाई १०० को दरले ३३ लाख २० हजार कित्ता शेयर सर्बसाधारणका लागि खुला गरेको हो ।

    AGNI GROUP

    अहिलेसम्म यस आइपिओमा १८ लाख ९४ हजार ६५७ लगानीकर्ताले २ करोड १५ लाख ४ हजार ३८० कित्ता शेयरका लागि आवेदन दिएका छन् ।

    कम्पनीको जारी पूँजी २ अर्ब रहेको छ । यसमध्ये २० प्रतिशत अर्थात् ४० लाख इकाई शेयर, सर्वसाधारणका लागि जारी गरिने भनिएकोमा यसको १० प्रतिशत ले हुन आउने ४ लाख कित्ता शेयर यसअघि नै विदेशमा काम गर्ने नेपाली नागरिकहरूलाई बाँडफाँड गरिएको थियो ।

    सर्वसाधारणको लागि निष्कासन गरिएको शेयरमध्ये २ प्रतिशत अर्थात् ८० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ र कुल प्रस्तावित शेयरको ५ प्रतिशत अर्थात् २ लाख कित्ता म्युचुअल फन्डहरूका लागि छुट्याइएको छ । त्यसपछि बाँकी रहेको ३३ लाख २० हजार कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो ।

    आईपीओ निष्कासनको लागि एनआईसी एशिया क्यापिटल लिमिटेडलाई निष्कासन प्रबन्धकको रूपमा नियुक्त गरिएको छ । यस आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ता शेयरक आवेदन दिन सकिने छ ।

    केयर रेटिङ्स नेपाल लिमिटेड (सीआरएनएल) ले होटल फरेस्ट इन प्राइभेट लिमिटेडको दीर्घकालीन बैंक सुविधाहरूलाई ‘केयर–एनपी बीबी–’ रेटिङ दिएको छ । यसले मध्यम जोखिमलाई जनाउछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij