Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले कर्णालीका पूर्वमुख्यमन्त्री राजकुमार शर्मामाथि कारबाहीको प्रक्रिया सुरु गरेको छ । शर्मा जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीमा सामेल भएपछि नेकपाले उनलाई सदस्य र संसदीय दलबाट हटाउन अग्रसर भएको हो ।
नेकपा संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपालले शर्मालाई लिखित स्पष्टीकरण मागेका छन् । माघ २२ गते २४ घण्टाभित्र जवाफ दिन पत्र पठाइए पनि शर्मा अहिलेसम्म जवाफ दिएका छैनन् ।
पार्टीले सदस्य र संसदीय दलबाट हटाउन नहटाउने कारण स्पष्ट गर्न स्पष्टीकरण सोधेको छ । शर्मा तत्कालीन माओवादी केन्द्रबाट रुकुम पश्चिम प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij