Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा आज नेपालले विश्वविजेता इंग्ल्यान्डको सामना गर्दैछ । भारत र श्रीलंकाद्वारा संयुक्त रूपमा आयोजित यस विश्वकपको उद्घाटन खेलमै नेपालले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र इंग्ल्यान्डबीचको यो पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल हो ।
खेल मुम्बईस्थित वानखेडे स्टेडियममा दिउँसो ३ः१५ बजे सुरु हुँदैछ । विश्वकपमा नेपालका सबै खेल मुम्बईको वानखडे रंगशालामा हुँदैछन् ।
नेपालले सन् २०१४ मा बंगलादेशबाट विश्वकपको यात्रा सुरु गरेको थियो । १० वर्षको प्रतीक्षापछि २०२४ मा दोस्रो पटक विश्वकप खेलेको नेपालले दक्षिण अफ्रिका जस्तो बलियो टोलीलाई १ रनको अन्तरले टक्कर दिएर विश्वको ध्यान खिचेको थियो ।
यसपटक कप्तान रोहित पौडेलको नेतृत्वमा नेपाल लगातार दोस्रो विश्वकप खेल्दैछ । त्यस्तै, तीव्र गतिका बलर सोमपाल कामी तीनवटा विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी बनेर इतिहास रचेका छन् ।
नेपाल विश्वकपमा समूह ‘सी’ मा छ । यो समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इंग्ल्यान्ड, स्कटल्यान्ड र इटाली छन् । बंगलादेशले भारतमा विश्वकप खेल्न अस्वीकार गरेपछि आईसीसी रेङ्किङका आधारमा स्कटल्यान्डले अवसर पाएको हो ।
नेपाली टोली
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी ९उपकप्तान०, सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij