Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले परम्परागत अपराधसँगै सङ्गठित अपराध, साइबर अपराध, अन्तर्राष्ट्रियस्तरमा हुने अपराधले मुलुक र समाज जटिल बन्दै गएको बताएका छन् ।
नेपाल प्रहरी रणनीतिक सम्मेलन–२०८२ को उद्घाटन कार्यक्रममा उनले प्रविधिको प्रयोगसँगै पछिल्लो समय बढ्दै गएका विभिन्न खालका अपराधलाई नियन्त्रण गर्नका लागि रणनीतिक सम्मेलनले सहयोग पुग्ने बताए ।
'परम्परागत अपराधसँगै सङ्गठित अपराध, साइबर अपराध, अन्तर्राष्ट्रियस्तरमा हुने अपराधले मुलुक र समाज जटिल बन्दै गएको छ, यसको रोकथामका लागि सम्मेलनमा गहन छलफल हुनेछ,' उनले भने ।
उनले समाजमा हुने अपराध नियन्त्रणका लागि विषयविज्ञको राय तथा सुझाव लिन सम्मेलनको आयोजना गरिएको बताए ।
दुई दिनसम्म चल्ने सम्मेलनमा समाजमा हुने विभिन्न किसिमका अपराध र यसको नियन्त्रणका लागि अपनाउनुपर्ने कदमबारे छलफल हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij