Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

बागलुङमा निर्वाचन खर्चमा कडाइ, उम्मेदवारले खोल्न थाले चुनावी खाता

बागलुङमा निर्वाचन खर्चमा कडाइ, उम्मेदवारले खोल्न थाले चुनावी खाता

  • काठमाडौं । आगमी प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि बागलुङका उम्मेदवारले बढीमा २९ लाख सम्म खर्च गर्न पाउने सीमा तोकिएको छ । निर्वाचनमा आर्थिक चलखेल नियन्त्रण गर्नका लागि उम्मेदवारले गर्ने खर्चको अनुगमन गर्ने  छुट्टै संयन्त्रसमेत बनाइएको छ ।

    onlinepatrika
    Arghakhachi

    आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा गरिने खर्चमा कडाइ गरिएको मुख्य निर्वाचन अधिकृत कार्यालयका प्रमुख निर्वाचन अधिकृत सीता शर्मा अधिकारीले बताइन् । निर्वाचन आचार संहिताको अनुगमनसँगै खर्चको सीमा अनुगमन गर्न छुट्टै संयन्त्र तयार गरिएको उनले बताइन् ।

    AGNI GROUP

    उनले बागलुङका उम्मेदवारहरुले निर्वाचनका लागि छुट्टै खाता खोल्न उम्मेदवारलाई आग्रह गरिएको बताए । अहिले उम्मेदवारहरुले छुट्टै खाता खोल्ने तयारीमा रहेको उनको भनाइ छ ।

    कोष तथा लेखा नियन्त्रण कार्यालय बागलुङका प्रमुख किशोरकुमार श्रेष्ठको संयोजकत्वमा खर्च आचार संहिता अनुगमन भइरहेको छ ।

    निर्वाचन आयोगले तोकेको २९ लाखभित्र रहेर निर्वाचनको मैदानमा खटिन यहाँका उम्मेदवारहरुले पनि प्रतिबद्धता गरेको प्रमुख निर्वाचन अधिकृत अधिकारीले बताइन् । ‘खर्च सीमा बागलुङ जिल्लाका लागि छुट्टै छ, २९ लाख भित्र रहेर खर्च गर्नुपर्ने र निर्वाचनका लागि छुट्टै खाता खोल्नुपर्ने हुन्छ, कतैबाट आएको चन्दा तथा सहयोग त्यही खातामा जम्मा गरेर खर्च गर्न सकिन्छ’, उनले भनिन्, ‘मनोनयन दर्ताको दिनमा समेत खर्च सीमा उम्मेदवारले आफै घोषणा समेत गरेका छन्, बागलुङमा निर्वाचनमा होमिएका दुई निर्वाचन क्षेत्रका २३ उम्मेदवार मध्ये जम्मा ३० हजार देखि २९ लाख सम्म खर्च गर्ने भनेर स्वघोषण समेत गर्नुभएको छ ।’

    खर्च अनुगमन समितिका संयोजक कोष तथा लेखा नियन्त्रण कार्यालय बागलुङका प्रमुख किशोरकुमार श्रेष्ठले बागलुङका २३ उम्मेदवार मध्ये १२ जना उम्मेदवारहरु निर्वाचनका लागि छुट्टै खाता खोल्ने तयारीमा रहेको बताए ।

    उनले जिल्ला प्रशासन कार्यालयको सिफारिसमा निर्वाचन खाता खोल्ने व्यवस्था उम्मेदवारहरुलाई दिइएको जानकारी दिए । ‘बागलुङ क्षेत्र नम्बर एकमा एक जना उम्मेदवारले निर्वाचनका लागि छुट्टै खाता सञ्चालनमा ल्याइसक्नुभएको छ भने पाँच जना उम्मेदवारले खाता खोल्नका लागि प्रशासनबाट सिफारिस लगिसक्नुभएको छ, क्षेत्र नम्बर दुईमा समेत ६ वटा उम्मेदवारले छुट्टै खाता खोल्नका लागि प्रक्रियामा आउनुभएको छ’, श्रेष्ठले भने, ‘२९ लाखको सीमाभित्र रहेर उम्मेदवारले खर्च गर्दा निर्वाचनमा आर्थिक स्वच्छता आउने देखिन्छ, केही उम्मेदवारले त्योभन्दा निकै थोरै खर्च गर्ने भनेर स्वघोषण समेत गरेका छन् ।’

    सीमाभन्दा निकै थोरै खर्च गर्ने स्वघोषणा गर्नेमा सानादलका उम्मेदवार बढी रहेको पाइएको छ । एक जना उम्मेदवारले त ३० हजार मात्रै खर्च गर्ने घोषणा ग

    उम्मेदवारले गर्ने खर्चको सीमा जिल्ला अनुसार छुट्टा छुट्टै तोकिएको आयोगले जनाएको छ । उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्नुपर्नेछ । त्यसरी खर्च गर्दा निजकोतर्फबाट खर्च गर्ने जिम्मेवार अधिकारी तोकी निजको नाम नामेसीसहितको विवरण भने निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्नुपर्नेछ ।

    उम्मेदवारले तोकेको खर्चको हदभित्र रहेर निर्वाचन खर्च गर्न र प्रतिनिधि सभा सदस्य ऐनबमोजिम निर्वाचन खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने प्रावधान रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij