Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । अस्ट्रेलियाका तीव्र गतिका बलर जोश हेजलवुड चोटका कारण टी–२० विश्वकपबाट बाहिरिएका छन् ।
उनी हामस्ट्रिङ इन्जुरीबाट अझै पूर्ण रूपमा निको हुन सकेका छैनन् । क्रिकेट अस्ट्रेलियाले यसको पुष्टि गरेको हो ।
अस्ट्रेलिया ग्रुप ‘बी’ मा रहेको छ, जहाँ उसँगै श्रीलंका, जिम्बाब्वे, ओमान र आयरल्यान्ड छन् । अस्ट्रेलियाको पहिलो खेल ११ फेब्रुअरीमा आयरल्यान्डविरुद्ध आर. प्रेमदासा क्रिकेट स्टेडियममा हुनेछ ।
अष्ट्रेलियाले स्पिनर म्याथ्यु कुह्नेमन, अलराउन्डर कूपर कोनोली र तीव्र गतिका बलर जेवियर बार्टलेटलाई पहिलो पटक टी–२० विश्वकप टिममा मौका दिएको छ ।
मिचेल मार्श (कप्तान), ट्राभिस हेड, मार्कस स्टोयनिस, ग्लेन म्याक्सवेल, क्यामरुन ग्रीन, म्याथ्यु रेन्सो, कूपर कोनोली, टिम डेभिड, जोश इंग्लिस, बेन ड्वारशुइस, जेवियर बार्टलेट, नाथन एलिस, म्याथ्यु कुह्नेमन र एडम जम्पा ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij