Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बैतडी बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

बैतडी बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

  • काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैतडीको पुर्चौडीबाट बझाङतर्फ जाँदै गरेको जन्ती बोकेको बस बडुगाउँमा दुर्घटनाग्रस्त भई ठूलो मानवीय क्षति भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार सामाजिक सञ्जालमार्फत उनले उक्त दुःखद खबरले आफू अत्यन्तै मर्माहत बनेको उल्लेख गरेका छन् ।

    AGNI GROUP

    जिल्ला प्रशासनसँग सम्पर्क गर्दा मृतक तथा घाइतेहरूको संख्या अझै यकिन हुन नसकेको जानकारी प्राप्त भएको पनि उनले बताएका छन् ।

    संयोजक प्रचण्डले दुर्घटनामा ज्यान गुमाएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका हुन् ।

    साथै, उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार, उपचार तथा आवश्यक समन्वयका लागि सम्बन्धित पार्टी समितिहरूलाई आवश्यक पहल लिन निर्देशन दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij