Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

कालिका लघुवित्तको नाफा ३८.७७ प्रतिशत वृद्धि

कालिका लघुवित्तको नाफा ३८.७७ प्रतिशत वृद्धि

  • काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा वित्तीय सूचकहरूमा उल्लेख्य प्रगति गरेको छ । संस्थाले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा आम्दानी र नाफामा बढोत्तरी देखिएको हो ।

    onlinepatrika
    Arghakhachi

    चालू आवको पुस मसान्तसम्म संस्थाले ५ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ जुन गत आवको सोही अवधिको ४ करोड २१ लाख रुपैयाँको तुलनामा ३८.७७ प्रतिशतले वृद्धि भएको हो । नाफामा भएको वृद्धिसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि २०.६८ रुपैयाँबाट बढेर २६.०९ रुपैयाँ कायम भएको छ ।

    AGNI GROUP

    संस्थाको आम्दानीको मुख्य स्रोत खुद ब्याज आम्दानी बढेकाले पनि नाफा बढ्न टेवा पुगेको हो। गत वर्षको पुस मसान्तसम्म १७ करोड ८ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी यस वर्ष २७.४३ प्रतिशतले वृद्धि भई २१ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।

    त्यसैगरी संस्थाको सञ्चालन मुनाफामा पनि उत्साहजनक सुधार आएको छ। गत वर्ष ६ करोड १ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा यस वर्ष ३८.९४ प्रतिशतले बढेर ८ करोड ३५ लाख रुपैयाँ पुगेको छ । संस्थाले ब्याज आम्दानीका साथै अन्य सञ्चालन क्रियाकलापबाट पनि २ करोड ७३ लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ ।

    व्यवसाय विस्तारको पाटोलाई हेर्दा संस्थाले निक्षेप संकलन र कर्जा प्रवाह दुवैमा वृद्धि गरेको छ। संस्थाले गत असार मसान्तको तुलनामा आफ्नो निक्षेप संकलन १ अर्ब ६६ करोड २५ लाख रुपैयाँबाट बढाएर १ अर्ब ७९ करोड २१ लाख रुपैयाँ पुर्याएको छ भने कर्जा लगानीमा पनि विस्तार गर्र्दै ४ अर्ब ७५ करोड ४५ लाख रुपैयाँबाट बढाएर ४ अर्ब ९२ करोड ८१ लाख रुपैयाँ प्रवाह गरेको छ ।

    चुक्ता पूँजी४४ करोड ८४ लाख रुपैयाँ रहेको संस्थाको जगेडामा ४ करोड ६० लाख रुपैयाँ र रिजर्भमा २४ करोड ४१ लाख रुपैयाँ सञ्चित रहेको छ । संस्थाको खराब कर्जा भने ४.६७ प्रतिशतबाट ह्वात्तै बढेर ११.४२ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १६४.७० रुपैयाँ रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij