Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले बैतडी दुर्घटनाका घाइतेको उपचार प्रबन्ध गर्न सरकारसँग माग गरेका छन् । हिजो बैतडीको पुर्चौडी नगरपालिकामा भएको बस दुर्घटनामा १३ जनाको मृत्यु भएको थियो भने दर्जानौँ घाइते भएका थिए ।
‘विवाह उत्सवबाट फर्किएका आफन्तहरूको यस अकल्पनीय मृत्युले स्तब्ध बनाएको छ’ सभापति थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ’ यस पीडादायी घडीमा मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोकाकूल परिवारजनमा पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना व्यक्त गर्दछु । साथै, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँहरुको उचित उपचारको प्रबन्ध मिलाउन सरकारसँग आग्रह गर्दछु ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij