Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

घुस प्रकरणमा बयान फेर्ने दुई साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा

घुस प्रकरणमा बयान फेर्ने दुई साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा

  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतसहितको घुस प्रकरणमा सरकारी साक्षीका रूपमा पेस गरिएका २ जनाले बयान फेरेपछि उनीहरूलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    अख्तियारका अनुसार मोही जग्गा दर्ता सम्बन्धमा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग २४ लाख ५० हजार रूपैयाँ घुससहित पक्राउ परेका आचार्यसहितलाई मुद्दा दायर गरिएको थियो । भक्तपुर, चाँगुनारायण नगरपालिका-४ का तेजबहादुर तामाङ र सानु कान्छा तामाङलाई सरकारी साक्षीका रूपमा पेस गरिएको थियो ।

    AGNI GROUP

    उनीहरूलाई सजायमा पूर्ण छुट दिने गरी सरकारी साक्षी बनाएको भए पनि विशेष अदालतमा बकपत्रमा आयोगमा दिएको भन्दा उल्टो बयान दिँदै घुसररिसवतको घटनालाई इन्कार गरेको अख्तियारले जनाएको छ ।

    अदालतमा झुटो बकपत्र गरेर भ्रष्टाचार निवारणमा बाधा पुर्‍याएको अभियोगमा तामाङद्वयलाई प्रतिवादी कायम गरी साढे २४ लाख बिगोसहित जरिवाना र कैद सजायको माग गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij