Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य

क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य

  • काठमाडौं । आइसीसी टी–२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेलमा नेपालले क्यानडाविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।

    onlinepatrika
    Arghakhachi

    चेन्नईस्थित एमए चिदम्बरम मैदानमा जारी खेलमा क्यानडाले नेपाललाई १६२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ थालेको क्यानडाले २० ओभरमा ६ विकेटको क्षतिमा १६१ रन जोड्यो ।

    AGNI GROUP

    उसका लागि नवनित धलिवालले सर्वाधिक ४१ रन जोडे । श्रेयस मोव्वाले अविजित ३८ रनको योगदान दिए । १८ औं ओभरमा आक्रामक ब्याटिङ गर्दै मोव्वाले क्यानडाको लक्ष्य उकासे । उनले यस ओभरमा दुई छक्का र एक चौका प्रहार गरे ।

    त्यस्तै, कन्वरपाल ताथगुरले २५ रन बनाउँदा जास्करन सिंहले पनि आक्रामक ब्याटिङ गर्दै ११ बलमा २१ रन जोडे । उनले तीन छक्का प्रहार गरे । निकोलक किर्तोनले १० रन बनाए ।

    बलिङतर्फ नेपालका सन्दीप लामिछानेले चार ओभरमा १४ रन खर्चेर दुई विकेट लिए भने कुशल भुर्तेलले तीन ओभरमा २६ रन खर्चेर दुई विकेट लिए । सोमपाल कामी र नन्दन यादवले एक–एक विकेट हात पारे ।

    नेपालले पहिलो अभ्यास खेलमा संयुक्त अरब इमिरेट्स ९यूएई०माथि सात विकेटको जित हात पारेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij