Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको स्वच्छता प्रवद्र्धनका लागि निर्वाचन आयोग र टिकटकबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
निर्वाचन आयोगमा आयोजित कार्यक्रममा आयोगका तर्फबाट सहसचिव नारायण प्रसाद भट्टराई र टिकटकका तर्फबाट फेर्दोस अल मत्ताकिनले समझदारीमा हस्ताक्षर गरेको आयोगले जनाएको छ ।
कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय डा.जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा आयोगका सचिव कृष्ण बहादुर राउतलगायतका अधिकारीहरूको उपस्थिति थियो ।
निर्वाचन नजिकिएसँगै टिकटकलगायत सामाजिक सञ्जालमा भ्रामक प्रचार बढेपछि त्यस्ता गतिविधि रोक्न निर्वाचन आयोगले टिकटकसँग समझदारी गरेको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij