Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

सूर्यज्योति लाइफको अधिकांश सूचकमा वृद्धि

सूर्यज्योति लाइफको अधिकांश सूचकमा वृद्धि

  • काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (साउन–पुस)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीले २० करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को पुससम्म कम्पनीले १९ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा २.९० प्रतिशतले बढेको छ ।

    AGNI GROUP

    समीक्षा अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा ४४ करोड २ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४५ करोड २९ लाख रुपैयाँ र अन्य इक्विटीमा २७ करोड ६० लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा ४२ करोड रुपैयाँ, रिटेन्ड अर्निङमा ९२ करोड ३६ लाख रुपैयाँ र अन्य इक्विटीमा ३१ करोड ८४ लाख रुपैयाँ थियो ।

    चालु वर्षको पुससम्म कम्पनीको जीवन बीमा कोषमा ४६ अर्ब १७ करोड १० लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा ३७ अर्ब ७३ करोड ४० लाख रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार बढेको छ ।

    समीक्षा अवधिसम्म कम्पनीले ५ अर्ब ७९ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो यही अवधिसम्म कम्पनीले ५ अबै ६ करोड ४७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन बढेको छ ।

    कम्पनीले चालु वर्षको पुससम्म ५ अर्ब ७१ करोड २ लाख लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ४ अर्ब ९८ करोड १५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १४ दशमलव ६२ प्रतिशतले बढेको छ ।

    सेयरपुँजी ५ अर्ब १ करोड रुपैयाँ सेयर पूँजी रहेको कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ८ रुपैयाँ ०६ पैसा कायम भएको छ । पीई रेसियो ५५.६९ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ३३ पैसा रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij