Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

श्रीलंकाको टी–२० विश्वकप खेल्ने टिमको घोषणा

श्रीलंकाको टी–२० विश्वकप खेल्ने टिमको घोषणा

  • काठमाडौँ । श्रीलंकाले आइसीसी टी–२० क्रिकेट विश्वकपका लागि टिमको घोषणा गरेको छ । श्रीलंका क्रिकेट बोर्डले दासुन शनाकाको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    श्रीलंकाको टिममा धनञ्जय डे सिल्भाको स्थानमा कामिन्दु मेन्डिस टिममा फर्किएका छन् । त्यस्तै घाइते तीव्र गतिका बलर इशान मालिंगा पनि टोलीको हिस्सा बनेका छन् ।

    AGNI GROUP

    श्रीलंकाले फेब्रुअरी ८ मा आफ्नो पहिलो खेल खेल्नेछ । श्रीलंका अष्ट्रेलिया, आयरल्याण्ड, ओमान र जिम्बाब्वेसहित समूह बी मा रहेको छ । टोलीले आफ्ना सबै समूह चरणका खेलहरू घरेलु मैदानमै खेल्नेछ । श्रीलंकाले आफ्नो पहिलो खेल फेब्रुअरी ८ मा आयरल्याण्डसँग खेल्नेछ । त्यसपछि फेब्रुअरी १२ मा ओमान, फेब्रुअरी १६ मा अष्ट्रेलिया र फेब्रुअरी १९ मा जिम्बाब्वेसँग खेल्ने तालिका रहेको छ ।

    श्रीलंकाको विश्वकप खेल्ने टिमस् दासुन शनाका (कप्तान), पथुम निस्सान्का, कामिल मिशारा, कुसल मेन्डिस, कुसल पेरेरा, चरिथ असालंका, कामिन्दु मेन्डिस, जानिथ लियानागे, पवन रत्नायके, डुनिथ वेलालागे, वानिन्दु हसरंगा, महेश थेक्सना, दुष्मन्था चामीरा, मथिश पाथिराना र इशान मालिंगा।

    टी–२० विश्वकपमा नेपालसहित कुल २० देशले सहभागिता जनाउँदैछन् । विश्वकपको समूह ‘ए’ मा आयोजक राष्ट्र भारत, पाकिस्तान, संयुक्त राज्य अमेरिका, नेदरल्यान्ड्स र नामिबिया छन् । त्यस्तै समूह ‘बी’ मा आयोजक राष्ट्र श्रीलंका, अस्ट्रेलिया, आइरल्यान्ड, जिम्बाब्वे र ओमान रहेका छन् । टी–२० विश्वकप खेल्ने समूह ‘सी’ मा नेपाल, वेस्ट इन्डिज, स्कटल्याण्ड, इटाली र इङल्याण्ड रहेका छन् । समूह ‘डी’ मा भने न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा र युएई रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij