Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेन–जी शहीदको सम्झनामा क्षमायाचना पूजा

जेन–जी शहीदको सम्झनामा क्षमायाचना पूजा

  • काठमाडौँ । जेन–जी आन्दोलनका शहीदको सम्झनामा क्षमायाचना पूजा गरिएको छ । मंगलवार नयाँ बानेश्वर संसद भवन अगाडी क्षमायाचना पूजासहित होम धूप–धूमार आत्मशान्ति सत्याग्रह पुण्य कार्यक्रम गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    जेन–जी सुशासन योद्धा परिवारले उक्त कार्यक्रम आयोजना गरेको हो । भदौ २३ गते भ्रष्टाचारको विरुद्धमा आन्दोलन गर्दा संसद भवन अगाडी प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो भने दर्जनौ घाईते भएका थिए ।

    AGNI GROUP

    भदौ २३ गते संसद भवन अगाडी युवाहरुमाथी गोली प्रहार भएपछि भदौ २४ गते संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत लगायत देशभरका सार्वजानिक तथा निजी भवनमाथी आगजानी भएको थियो । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा ७६ जनाको मृत्यु भएको थियो ।

    मृत्यु भएकामध्ये ४५ जनालाई सरकारले शहीद घोषणा गरेको छ । सुशासनको मुख्य माग राखेर युवाहरुले आन्दोलन गरेपनि आन्दोलनपछि गठित सरकारले उनीहरुको माग सम्बोधन गर्न ठोस कदम भने चाल्न सकेको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij