Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ। उपसभापति डा स्वर्णिम वाग्ले नेतृत्वको समूहले विज्ञहरूसँग परामर्श गरेर घोषणापत्र तयार पारिरहेको कोषाध्यक्ष लिमा अधिकारीले जानकारी दिइन्।
रास्वपाले बनाएको वाचापत्र मस्यौदा कार्यदलमा वाग्लेसहित अरनिको पाँडे, सोबिता गौतम, क्रान्तिशिखा धिताल लगायत सदस्य छन्। अधिकारीका अनुसार घोषणापत्र पाँच पिलरमा आधारित हुनेछ।
पहिलो पिलरमा भ्रष्टाचार न्यूनीकरण र सुशासन, दोस्रोमा गतिशील अर्थतन्त्र, तेस्रोमा निजी क्षेत्रलाई सहज वातावरण, चौथोमा पूर्वाधार विकास तथा दिगो व्यवस्थापन, र पाँचौँमा महँगी नियन्त्रणलाई प्राथमिकता दिइनेछ।
यसपटक रास्वपाले गैरआवासीय नेपाली (एनआरएन)का माग र मुद्दा पनि घोषणापत्रमा समेट्ने तयारी गरेको छ। प्रवासी नेपालीको मताधिकार, लगानी वातावरण र सुरक्षा ग्यारेन्टी जस्ता विषयलाई प्राथमिकता दिने अधिकारीले बताइन्। सरकार निर्माणपछि सय दिनभित्र गर्ने सय कामको सूची पनि घोषणापत्रमा समावेश हुने रास्वपाले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij