Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

डोल्पामा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

डोल्पामा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

  • काठमाडौं । हिमाली जिल्ला डोल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

    onlinepatrika
    Arghakhachi

    सोमबार साँझ ठूलीभेरी नगरपालिका–४ तिब्लाबाट सदरमुकाम दुनैतर्फ आउँदै गरेको लु ५ त ७३१ नम्बरको ट्याक्टर  दुर्घटना हुँदा चालक त्रिपुरासुन्दरी-१ रल्लीका अन्दाजी २० वर्षीय विशाल परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ।

    AGNI GROUP

    प्रहरीका अनुसार तिब्लाको भित्री खोलादेखि ढुंगा बोकेर सदरमुकाम आउँदै गरेको ट्याक्टर ब्रेकफेल भएर दुर्घटनामा परेको हो ।

    दुर्घटनापछि ट्याक्टरको इन्जिन र ट्रली टुक्रा–टुक्रा भएर छरिएको अवस्थामा भेटिएको र  ट्याक्टरका दुई वटा टायर छुट्टिएर दुनै बजारसम्म पुग्दा केही घर र व्यवसायमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij