Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

आईसीसी टी-२० विश्वकपमा आजदेखि वार्मअप खेल

आईसीसी टी-२० विश्वकपमा आजदेखि वार्मअप खेल

  • काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकपको तयारी स्वरूप आजदेखि वार्मअप खेलहरू सुरु हुँदैछन् । विश्वकपमा सहभागी हुने टोलीहरूले अभ्यास तथा संयोजन मिलाउनका लागि यी खेलहरू खेल्न लागेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    सोमबार तीन वटा वार्मअप खेल आयोजना हुँदैछन् । आजको पहिलो वार्मअप खेलमा अफगानिस्तान र स्कटल्यान्ड आमनेसामने हुँदैछन् । यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ बजे सुरु हुनेछ ।

    AGNI GROUP

    त्यस्तै, भारतको ‘ए’ टोली ले संयुक्त राज्य अमेरिका (युएसए) सँग वार्मअप खेल खेल्नेछ । आजकै अर्को खेलमा क्यानाडा र इटाली पनि प्रतिस्पर्धा गर्दैछन् ।

    भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्न लागेको आईसीसी पुरुष टी-२० विश्वकप आउँदो शनिबारदेखि सुरु हुँदैछ। प्रतियोगितामा कुल २० टोली सहभागी हुनेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij