Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

हुम्लामा २७ मतदानस्थल अतिसंवेदनशील

हुम्लामा २७ मतदानस्थल अतिसंवेदनशील

  • काठमाडौं । आगामी  फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा जिल्लाका २७ मतदान स्थल सुरक्षाका हिसाबले अतिसंवेदनशील सूचीमा राखिएको छ ।

    onlinepatrika
    Arghakhachi

    २१ मतदानस्थल संवेदनशील र १३ मतदानस्थल सामान्य रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
    अतिसंवेदनशिल मतदान स्थलमा ८९ जना नेपाल प्रहरी, २८४ जना निर्वाचन प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय हुम्ला डिएसपी शंकर खड्काले जानकारी दिए ।

    AGNI GROUP

    २१ वटा संवेदनशील मतदान स्थलमा ६५ जना नेपाल प्रहरी र १२८ जना निर्वाचन प्रहरी परिचालन हुने र १३ वटा सामान्य मतदान स्थलमा ३९ जना नेपाल प्रहरी ६५ जना निर्वाचन प्रहरी खटिने डिएसपी खडकाले बताए ।

    हुम्ला जिल्लाभर ६१ मतदान स्थलमा ६४ मतदान केन्द्र छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij