Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

साफ महिला च्याम्पियनसिप : नेपाल भुटानसँग भिड्दै

साफ महिला च्याम्पियनसिप : नेपाल भुटानसँग भिड्दै

  • काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत आज लिग चरणका दुई खेल हुँदैछन् । 

    onlinepatrika
    Arghakhachi

    पहिलो खेल बङ्गलादेश र भारतकाबीच मध्याह्न १२ बजे सञ्चालन हुनेछ । यसैगरी घरेलु टोली नेपालले दिउँसो ३ बजे भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

    AGNI GROUP

    नेपाल र भुटान दुवै यसअघि आफ्नो पहिलो खेलमा पराजित भएका थिए । नेपाललाई भारतले १–० गोलले निरास बनाएको थियो । प्रतियोगिता उद्घाटन खेलमा भुटान भने बङ्गलादेशसँग १२–० को फराकिलो अन्तरले पराजित भएको थियो ।

    त्यसैले प्रतियोगिताको दोस्रो खेलमा नेपाल र भुटान दुवै टोली दबाबमा हुनेछन् । फाइनल सम्भावना जीवित राख्नका लागि दुवै टोलीलाई आजको खेल महत्त्वपूर्ण रहनेछ । बङ्गलादेश र भारतले भने एक/एक खेल जितेर समान तीन अङ्क जोडेका छन् ।

    प्रतियोगितामा यसपटक चार टोलीले मात्र सहभागिता जनाएका छन् । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)को समन्वय तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा भएको प्रतियोगिता ‘राउन्ड रोबिन लिग’ प्रणालीमा खेलाइएको छ । जहाँ प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल्ने छन् ।

    प्रतियोगिताको लिग चरणपछि शीर्ष दुई टोलीले माघ २४ मा हुने फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने साफका महासचिव पुरुषोत्तम कट्टेलले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij