Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष पद रिक्त हुने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दर्ता गरेपछि स्वतः निलम्वनमा परेका नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष सुरेन्द्र पौडेलले राजिनामा दिन लागेका हु्न् ।
आज निलम्वनमा परेपछि बीमापोष्टसँग संक्षिप्त प्रतिक्रिया दिँदै पौडेलले आफूले बुझबुझारथ गरेर हिडिसकेको अवस्थामा मुद्दा दर्ता गर्नु कानुन विपरित भएको बताउँदै नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षबाट राजिनामा दिने बताए ।
उनले भने, ‘म अब सरकारी नियुक्ती खान्न राजिनामा दिन्छु ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij