Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

फागुनमै रास्वपाको चुनावी घोषणापत्र

फागुनमै रास्वपाको चुनावी घोषणापत्र

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता चूनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    रास्वपा कोषाध्यक्ष लिमा अधिकारीले जनताको एजेण्डा समावेश गरेर चूनावी घोषणापत्र तयार भइरहेको भन्दै फागुनको पहिलो साता सार्वजनिक गर्ने तयारी भएको जानकारी दिइन् ।

    AGNI GROUP

    पार्टीका उपसभापति एवं घोषणापत्र मस्यौदा समितिका संयोजक डा स्वर्णिम वाग्लेले फागुनको पहिलो साता चूनावी वाचा पत्र सार्वजनिक गर्ने गरि तयारी भइरहेको उनले बताइन् ।

    उनले पाँच बर्षमा महत्वपूर्ण पाँच क्षेत्रमा काम गर्ने गरि घोषणापत्र जारी हुने उल्लेख गरिन् । जसमा जेनजीका एजेण्डालाई समेट्ने र सुशासनको बिषय मुख्य मुद्दा हुने उनको भनाइ छ ।

    अधिकारीले भ्रष्टाचारको अन्त्य, आर्थिक सुधारको एजेण्डाका साथै सरकारमा गएको १०० दिनमा १०० वटा प्रमुख कार्यहरू गर्ने र त्यसका लागि नितिगत सुधारका खाका सार्वजनिक गरिने धारणा राखिन् ।

    त्यस्तै उनले रास्वपाप्रति जनताले देखाएको विश्वासलाई कायम राख्न सशक्त एवं प्रभावकारी ढंगले काम गर्नुपर्ने अवस्था रहेको बताइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij