Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

साइबर ब्यूरो रहेको भोटाहिटीस्थित भवन महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति

साइबर ब्यूरो रहेको भोटाहिटीस्थित भवन महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति

  • काठमाडौं । गृहमन्त्रालयले काठमाडौं महानगरपालिकालाई भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरो कार्यालय प्रयोग गर्न सहमति दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाल प्रहरीको साइबर ब्युरोले हाल प्रयोग गर्दै आएको कित्ता नं. ३५३, ३५४ र ३५५ को कुल ४ आना, २ पैसा, १ दाम क्षेत्रफल भएको जग्गा र सोमा बनेको भवन अब काठमाडौं महानगरपालिकाले प्रयोग गर्नेछन् ।

    AGNI GROUP

    यसको बदलामा महानगरपालिकाले रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी महाशाखा रहेको सात रोपनी, दुई पैसा, तीन दाम क्षेत्रफलको जग्गा सरकारको नाममा दर्ता गर्न सहमति जनाएको छ ।

    गृहमन्त्रालयका उपसचिव वर्तराज पौडेलले आइतबार दुई पक्षबिच भएको छलफलपछि निर्णय भएको जानकारी दिँदै भने, ‘उक्त जग्गा नेपाल सरकारको नाममा दर्ता भइसकेपछि कम्तीमा ८ आना जग्गा समरजंण कम्पनी कार्यालयको लागि प्रयोग हुनेछ र बाँकी जग्गा उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपयोग गर्ने व्यवस्था मिलाइनेछ ।’

    यसअघि काठमाडौं महानगरपालिकाले भोटाहिटीस्थित साइबर ब्युरो भवनमा आफ्नो वडा कार्यालय राख्न माग गर्दै आएको थियो । 

    उपयुक्त कानुनी व्यवस्थाअनुसार सार्वजनिकरसरकारी जग्गाको संरक्षण स्थानीय सरकारले गर्ने भएकाले, त्यसको प्रयोगका लागि सम्बन्धित निकायसँग समन्वय र गृह मन्त्रालयको सहमति लिनुपर्ने नियम पालना गरिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट