Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

आयरल्याण्ड महिला टी–२० विश्वकपमा छनौट

आयरल्याण्ड महिला टी–२० विश्वकपमा छनौट

  • काठमाडौं । आयरल्याण्ड आइसीसी महिला टी–२० विश्वकपमा छनौट भएको छ ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौँमा जारी ग्लोबल क्वालिफायर्स अन्तर्गत सुपर सिक्सको खेलमा आइतबार आयरल्याण्डले थाइल्याण्डलाई ६२ रनले पराजित गरेसँगै विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

    AGNI GROUP

    आयरल्याण्डले दिएको १२२ रनको लक्ष्य पछाएको थाइल्याण्ड १६.१ ओभरमा अलआउट हुदै केवल ५६ रन मात्र बनाएको थियो । यसअघि आयरल्याण्डले पहिला ब्याटिंग गर्दै २० ओभरमा ८ विकेट गुमाएर १२१ रन बनाएको थियो ।

    यस अघि बंगलादेश र नेदरल्याण्डसले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् । अब आज हुने अर्को स्कटल्याण्ड र अमेरिकाबीचको खेल नतिजापछि विश्वकपमा छनौट हुने चौथो देशको टुंगो लाग्ने छ ।

    नेपाल भने समुह चरणबाटै बाहिरिएर विश्वकपमा स्थान बनाउन असफल भएको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij