Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

झापामा एमालेसँग गठबन्धन गर्‍यो भनेर भ्रम फैलाइदैछ: अध्यक्ष लिङदेन

झापामा एमालेसँग गठबन्धन गर्‍यो भनेर भ्रम फैलाइदैछ: अध्यक्ष लिङदेन

  • काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले झापा– ५ र ३ मा एमालेसँग चुनावी तालमेल नभएको स्पष्ट गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    लिङदेनले झापा ५ र ३ मा राप्रपाले एमालेसँग गठबन्धन गरेको भनेर सुनियोजित रुपमा भ्रम सिर्जना गर्ने कोसिस भइरहेको भन्दै उनले यसलाई साइबर कानुनको उलंघन भएको टिप्पणी गरेका छन् ।

    AGNI GROUP

    उनले भनेका छन्– ’एउटा सानो झुण्ड झापा ५ र ३ मा राप्रपाले एमालेसँग गठबन्धन गरेको छ भनेर सुनियोजित रुपमा प्रचारमा उत्रेर भ्रम सिर्जना गर्ने कोसिस गरिरहेको छ । म शालिनतापूर्वक आग्रह गर्छु यो पनि निर्वाचन आचार संहिता र साइबर कानुनको उल्लंघन हो ।’

    अध्यक्ष लिङदेनले सामाजिक सञ्जालमा यस प्रकारका भ्रमपूर्ण सन्देश लेख्ने र कमेन्ट गर्ने सबैलाई निर्वाचन आयोग र प्रहरीमा उजुरी गर्ने तयारी गरिरहेको समेत बताएका छन् ।

    उनले यसपटक राप्रपाले देशैभर कुनै दलसँग चुनावी गठबन्धन नगरिकन जनतासँग गठबन्धन गर्दै निर्वाचनमा होमिएको समेत स्पष्ट गरेका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij